News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपकाकी पूर्वसांसद विन्दबासिनी कंशाकारले मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग गरेकी छिन्।
- सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक आगामी संसद अधिवेशनमा प्रस्तुत गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
- पूर्वसांसद कंशकारले विधेयक पारित भए जलन पीडितको उपचार, संरक्षण र न्याय सुनिश्चित हुने बताएकी छिन्।
३० चैत, काठमाडौं । रास्वपकाकी पूर्वसांसद विन्दबासिनी कंशाकारले मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग गरेकी छिन् ।
सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रुवी कुमारीलाई भेटेर उक्त विधेयक अघिल्लो संसदमा दर्ता भएको ध्यानकर्षण गराएकी छिन् । सभामुख अर्यालले उक्त विधेयकलाई आगामी संसद अधिवेशनमा प्रस्तुत गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यो विधेयक संसदबाट पारित भएमा जलन पीडित नागरिकहरूको उपचार, संरक्षण र न्याय सुनिश्चित गर्न ठूलो सहयोग पुग्छ,’ कंशकारले भनिन् । अघिल्लो पटक रास्वपाले यो विधेयक गैरसरकारी विधेयकको रुपमा दर्ता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4