+
+
Shares

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते ७:०८

१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गरेका हुन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥’

उक्त श्लोकको भावार्थ खुलाउँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

‘सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,’ बालेनले भनेका छन्, ‘नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

नयाँ वर्षको पहिलो दिन आज राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिने क्रम जारी छ । सोही सन्दर्भमा प्रधानमन्त्री शाहले पनि संस्कृत श्लोकमार्फत सबैको भलाइको कामना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?