News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालक रामबहादुर गुरुङको मृत्यु भएको छ।
- दुर्घटना भएको ट्रक मर्स्याङ्दी जलविद्युत् आयोजनाको सिमेन्ट बोकेर बेँसीशहरदेखि मनाङको कोतोतर्फ जाँदै थियो।
- मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
१ वैशाख, मनाङ । मनाङको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन् ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको सिमेन्ट बोकेर बेँसीशहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4