१ वैशाख, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र गरिबीको दर १० प्रतिशतमा झार्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
६ राजनीतिक दलहरूको घोषणापत्रमा आधारित भएर बनाएको राष्ट्रिय प्रतिबद्धतामा सरकारले गरिबीको दर आगामी पाँच वर्षमा आधा घटाउने प्रतिबद्धता जनाएको हो । हाल गरिबीको दर २०.२७ प्रतिशत छ ।
तर आगामी पाँच वर्षभित्र आधा घटाउने प्रतिबद्धता सरकारले जनाएको छ । ‘निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडल मार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गरी पाँच वर्षमा बहुआयामिक गरिबीको दर १० प्रतिशतमा झारिनेछ,’ प्रतिबद्धतामा लेखिएको छ ।
सरकारले आगामी पाँच वर्ष औसत आर्थिक वृद्धिदर सात प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय तीन हजार डलर तथा कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्याइने प्रतिबद्धता पत्रमा भनिएको छ ।
प्रतिक्रिया 4