News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पहिलो बैठक महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको छ।
- बैठकले सातै प्रदेशका सभापतिहरूसँग र २१ फागुनको निर्वाचनमा उम्मेदवार केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
- समितिले सदस्यता नवीकरण, शुल्क बुझाउने र सदस्य संख्या यकिन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पहिलो बैठक बसेको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन भएको बैठकले सदस्यता व्यवस्थापनबारे शुक्रबार (भोलि) सातै प्रदेशका सभापतिहरूसँग छलफल गर्ने भएको छ ।
बैठकले प्रदेश सभापतिहरूसँगै २१ फागुनमा सम्पन्न निर्वाचनमा उम्मेदवार रहेका केन्द्रीय सदस्यहरूसँग सामुहिक छलफल गर्ने निर्णय गरेको समिति सदस्य सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।
‘भर्चुअल’ माध्यमबाट बिहान ८ बजे सुरू हुने बैठकमा ७७ वटै जिल्लाका सभापति र ‘एक महिने जरामा जाऊँ अभियान’ का केन्द्रीय प्रतिनिधिहरूलाई पनि सहभागी गराइने उनले बताए ।
सहमहामन्त्री रसाइलीका अनुसार समितिले शुक्रबार नै बिहान १० बजे प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू र प्रत्यक्ष तथा समानुपातिकतर्फका देशभरका उम्मेदवारहरूसँग ‘भर्चुअल’ छलफल गर्ने छ ।
बैठकले १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गरी शुल्कसहित केन्द्रमा प्रविष्ट गरेका जिल्ला र सदस्यता संख्या एकिन गर्ने, तहगत रुपमा क्रियाशील सदस्यता स्वीकृत भएर केन्द्रको ‘लिस्ट’ (सूची) मा प्रविष्ट भएर शुल्क नबुझाएका जिल्ला र संख्या यकिन गर्ने पनि निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले महामन्त्री पौडेलको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो । समितिमा सहमहामन्त्रीद्वय प्रकाश रसाइली ‘स्नेही’ र योगेन्द्र चौधरी सदस्य छन् ।
प्रतिक्रिया 4