३ वैशाख, काठमाडौं । बिहीबार काठमाडौंको टोखामा बिस्का: जात्रा मनाइएको छ । यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भ्रातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ ।
टोखावासीको एकताको प्रतीकको रूपमा समेत यस जात्रालाई लिने गरिन्छ । भक्तपुरको थिमिमा जस्तै हुने यो बिस्का: जात्रालाई काठमाडौंको बिस्का जात्राको रूपमा लिइन्छ । तर प्रचारप्रसारको अभावमा थिमिको जस्तो चर्चा हुँदैन ।
विगत केही वर्षदेखि भने यहाँको बिस्का: जात्राको प्रचारप्रसार र अवलोकनकर्ताको संख्या पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4