+
+
Shares

प्रहरीले तयार पार्‍यो गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमारर भट्टराईका अनुसार अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न १ हजार ९७ जनाको प्रोफाइल तयार पारेको छ।
  • प्रोफाइलमा फोटो, नाम, ठेगाना, पेसा, क्रिमिनल रेकर्ड सिस्टम, कनेक्शन र पारिवारिक पृष्ठभूमि समावेश छ।
  • सेफ्टी काठमाडौं अभियानअन्तर्गत १९५ जनालाई पक्राउ गरियो, जसमा २४ जना गुण्डागर्दी पृष्ठभूमिका थिए।

४ वैशाख, काठमाडौं । पछिल्लो समय गुण्डागर्दीविरुद्ध आक्रमक अभियान चलाएको प्रहरीले यसमा गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी दिँदै गुण्डाहरुको प्रोफाइलिङको काम भइरहेको बताएको छ । परिसरका काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमारर भट्टराईका अनुसार अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको छ ।

यो एक हजार ९७ जनामा गुण्डागर्दीमा संलग्नदेखि अन्य आपराधिक पृष्ठभूमिका व्यत्तिहरुको पनि समेटिएका छन् । विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न धन्दा गरेका, पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको बिस्तार गर्दै प्रचार प्रसार गर्नेहरुसम्मको प्रोफाइल प्रहरीले तयार पारेको छ ।

यस्ता व्यक्तिको फोटो, नाम, ठेगाना, पेसा, सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम), उनीहरुको कनेक्शन तथा नेक्सस, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री र अन्य रिलेटेड डकुमेन्टसहितको प्रोफाइल तयार पारिएको प्रहरीले बताएको छ ।

यसरी प्रोफाइल तयार पारेपछि उनीहरुको गतिविधि निगरानी गर्नेदेखि कुनै आपराधिक घटना गराइहालेमा तत्काल कानूनी दायरामा ल्याउन सहयोग पुग्ने प्रहरीले बताएको छ ।

गुण्डागर्दीसँगै लागु औषध, चोरी घटनाका पटेकहरु पनि प्रोफाइल तयार पार्ने काम भएको छ ।

यसअघि परिसर काठमाडौंले एकै दिन सेफ्टी काठमाडौं अभियान अन्तर्गत १९५ जनालाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि पक्राउ गरेको थियो । यसरी समातिएका मध्ये २४ जना भने गुण्डागर्दी पृष्ठभूमिका व्यक्ति थिए । उनीहरुविरुद्ध गुण्डागर्दीको आरोपमा मुद्दा समेत चलाइएको एसपी भट्टराईले बताए ।

ती मध्ये केही धरौटीमा छुटेका छन् । केही भने अझै पनि प्रहरी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?