+
+
Shares

गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : किमजोङ बोससहित १७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते ७:३३

२१ चैत, काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो ।

अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् ।

अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको एसएसपी खड्काले बताए ।

अपराध अनुसन्धान कार्यालयका अनुसार यसक्रममा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोससमेत १३ जनालाई पक्राउ गरेको हो ।

यस्तै, परिसरले पनि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । परिसरले श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको हो ।

प्रहरीले पछिल्लो समय बिचौलियाहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । विभिन्न सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी भएको गुनासो आएपछि प्रहरी सक्रिय भएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?