News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र पत्रकार संघको १०औँ महाधिवेशनबाट समीर बलामी दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन्।
- उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्।
- महासचिवमा गोपीकृष्ण चापागाई, सचिवमा मदन रिजाल र कोषाध्यक्षमा मनिष अन्जान चयन भएका छन्।
काठमाडौँ । चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति चुनिएको छ । समीर बलामी दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।
शनिबार राती सम्पन्न संघको १०औँ महाधिवेशनबाट बलामी विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पछि पार्दै संघमा विजयी भएका हुन् ।
निर्वाचनबाट उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष (महिला) तर्फ दिपज्योति थापा छानिएकी छन् ।
संघको महासचिवमा गोपीकृष्ण चापागाई, सचिवमा मदन रिजाल निर्वाचित भए । सचिव (समावेशी) तर्फ महम्मद जालिम निर्विरोध चुनिएका छन् । त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान, सह-कोषाध्यक्षमा अर्जुन गुरागाईं विजय भए ।
संघको सदस्य पदमा ८ जना सदस्यहरू निर्विरोध निर्वाचित भए, जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने छन् ।
नयाँ कार्यसमितिले आगामी तीन वर्षका लागि चलचित्र पत्रकारिताको हकहित र उत्थानका लागि काम गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4