+
+
Shares

१५ जिल्लामा चलचित्र पत्रकार संघको अधिवेशन सम्पन्न

केन्द्रीय महाधिवेशन ५ बैशाखमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते २०:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र पत्रकार संघले १५ जिल्ला र ८ विदेशी शाखाको अधिवेशन सम्पन्न गरेको छ।
  • अध्यक्ष समीर बलामीले संघको पहुँच सबै प्रदेश र जिल्लामा विस्तार भएको बताए।
  • संघको १०औं केन्द्रिय महाधिवेशन ५ बैशाखमा संघीय राजधानीमा हुने तय भएको छ।

काठमाडौं । चलचित्र पत्रकार संघले १५ जिल्ला र ८ विदेशी शाखाको अधिवेशन सम्पन्न गरेको छ । अध्यक्ष समीर बलामीले सबै प्रदेश र जिल्लामा संघको पहुँच विस्तार भएको बताए ।

उनका अनुसार संघको गतिविधि केवल चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, संगीत, रंगमञ्च, मनोरञ्जन र अन्य सांगीतिक कार्यक्रममा पनि सक्रिय छ ।

१०औं केन्द्रिय महाधिवेशन ५ बैशाखमा संघीय राजधानीमा हुने तय छ । महाधिवेशनमार्फत १७ सदस्यीय केन्द्रिय समिति ३ वर्षका लागि निर्वाचित हुने जनाइएको छ ।

जसअनुसार, संघका विभिन्न शाखामा कार्यसमिति चयन भैसकेको छ । कोशी प्रदेश शाखामा अध्यक्षमा वीरेन्द्र शाह, उपाध्यक्ष रमेश तिवारी र गोमा ढुंगाना, महासचिव विकल श्रेष्ठ, सचिव तुलसी निरौला र सोम सुनुवार तथा कोषाध्यक्ष्माा गोपाल काफ्ले चयन छन् ।

कास्कीमा अध्यक्षमा सन्तोष बस्याल, उपाध्यक्ष गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सह-सचिव सिद्धार्थ गौतम र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ छन् । पर्सामा अध्यक्षमा सूर्यनारायण बिक, उपाध्यक्ष आनन्द पटेल, सचिव रञ्जन यादव, सह-कोषाध्यक्ष दिपु बर्माचल र कोषाध्यक्ष सवनम भट्टराई छन् ।

सुनसरी शाखामा अध्यक्षमा सुवास सङ्कल्प श्रेष्ठ, उपाध्यक्ष रविन राउत, सचिव मनोज दाहाल, सह-सचिव रश्मी थापा र कोषाध्यक्ष सुमित कार्की छन् ।

मकवानपुर शाखामा अध्यक्षमा कपिल खड्का, उपाध्यक्ष रविन्द्र गौतम, सचिव मनोज देवकोटा, सह-सचिव मञ्जिता मैनाली र कोषाध्यक्ष सन्नु रिजाल छन् । मोरङमा अध्यक्ष प्रेम देवान निर्विरोध चयन छन् भने ११ सदस्यीय कार्यसमिति पनि चयन छ ।

चितवनमा अध्यक्षमा गोविन्द अर्याल, उपाध्यक्ष बन्दना देवकोटा, सचिव सुशिल पन्त, सह-सचिव आयुष न्यौपाने र कोषाध्यक्ष युवराज शर्मा छन् । इलाममा अध्यक्षमा अतित योङहाङ, उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सह-सचिव सृष्टि कुरुम्बाङ र कोषाध्यक्ष सरिना राई छन् ।

रूपन्देहीमा अध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष कल्पना डुम्रे, सचिव प्रकाश पाण्डे, सह-सचिव राजिव भुसाल र कोषाध्यक्ष मनोज क्षेत्री छन् ।

कैलालीमा अध्यक्ष विवेक नागरी, उपाध्यक्ष रमा चन्द, सचिव लोकु सिंह ठकुरी, सह-सचिव यज्ञराज अवस्थी र कोषाध्यक्ष यमुना साउद छन् । झापामा अध्यक्षमा एकराज प्रधान, उपाध्यक्ष सुनिता तामाङ, सचिव सुरज प्रधान, सह-सचिव पृतम धमला र कोषाध्यक्ष अस्मिता साँखी छन् ।

सुर्खेतमा अध्यक्षमा रमेशकुमार पाण्डे, उपाध्यक्ष अक्बर खान, सचिव मानबहादुर वली, सह-सचिव रमा केसी र कोषाध्यक्ष नविन सुवेदी छन् । बाँकेमा अध्यक्षमा रामचन्द्र पौडेल, उपाध्यक्ष समीरमान श्रेष्ठ, सचिव लक्ष्मी तिमिल्सेना, सह-सचिव रजनी योगी र कोषाध्यक्ष अमृता जैशी छन् ।

दाङमा अध्यक्ष निरला अर्याल, उपाध्यक्ष भुपेश वली, सचिव एकराज भण्डारी र कोषाध्यक्ष झग्गु भण्डारी चयन भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?