News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ६ वैशाख साँझ ७ बजे पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा भेटवार्ता गरेका छन्।
- सभापति थापाको सचिवालयले भेटवार्ता पुष्टि गरे पनि छलफलका विषयबारे जानकारी दिएको छैन।
- सर्वोच्च अदालतको आदेशपछि खड्का पक्षीय नेताहरू निरन्तर छलफलमा छन् र सम्मानजनक अवस्था पाउनुपर्ने बताएका छन्।
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
आइतबार साँझ ७ बजे खड्काको निवास गोल्फुटारमा पुगेर सभापति थापाले भेट गरेका हुन् ।
थापाको सचिवालयले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलमा भएका विषयबारे जानकारी गराएको छैन ।
सर्वोच्च अदालतको आदेशपछि खड्का आफू पक्षीय नेताहरू निरन्तर छलफलमा छन् । आजै दिउँसो पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू छलफलमा जुटेका थिए ।
उनीहरूले अदालतको आदेश स्वीकार गर्ने तर आफूहरू सम्मानजनक अवस्था पाउनुपर्ने बताएका छन् । यसैबीच थापाले साँझ उनकै निवास पुगेर खड्कासँग भेटवार्ता गरेका हुन् ।
पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु,’ थापाले भने ।
सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।
प्रतिक्रिया 4