+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १५:२३

७ वैशाख, काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा सोमबार काठमाडौंको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए ।

प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरुलाई त्यहाबाट हटाएको हो । प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरुले प्रहरी दमन मुर्दाबाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर लगाएतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति प्रदर्शनमा सहभागीहरूले आपत्ति समेत जनाएका छन् ।

उनीहरूले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?