News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनी मार्गमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध राँके जुलुससहित प्रदर्शन गरेको छ।
- विद्यार्थीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा माग गरेका छन्।
- सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप गरेको उनीहरूले आरोप लगाएका छन्।
८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ ।
विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् ।
सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप गरेको उनीहरूको आरोप छ ।
उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइँदैन लगायतका प्लेकार्ड बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4