+
+
WC Series
Nepal
91/5 (14.2)
VS
UAE
0/0
Shares

कांग्रेस संसदीय दलको नेता चयन गर्न ११ गते मतदान

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:०८

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न लागि यही ११ वैशाखमा निर्वाचन हुने भएको छ ।

निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको छ ।

समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका तय गरिएको जानकारी गराएको छ ।

जस अनुसार, १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । उम्मेदवारहरूको अन्तिम नामावली भने ११ गते दिउँसो साढे ३ बजे गरिने कार्यतालिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?