News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४ अंकमा अडिएको छ।
- गृहमन्त्री सुधन गुरुङले साढे २ बजे राजीनामा दिएपछि नेप्से २८१८ अंकसम्म पुगेको थियो।
- आजको कारोबार रकम ७ अर्ब ८१ करोड पुगेको छ र १२१ कम्पनीको मूल्य बढेको छ।
९ वैशाख, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अन्ततः जम्मा २.९५ अंकको गिरावटमा थामिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक २८०४ अंकमा अडिएको छ ।
दिउँसो १२ : २८ बजे नेप्से २७६३ अंकसम्म झरेको थियो । त्यसपछि सामान्य सम्हालिएको बजार २ : ५३ बजे २८१८ अंकसम्म पुगेको थियो ।
बजारमा उच्च उतारचढाव हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८१ करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १० को स्थिर रह्यो ।
बैंकिङ ०.१३, फाइनान्स ०.५८, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बीमा ०.३८ प्रतिशत बढे । विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१५, अन्य ०.०३ तथा व्यापार १.१० प्रतिशत घटे ।
३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै झापा इनर्जीको मूल्य १४.०८, गुराँस लघुवित्तको ९.१६ प्रतिशत मूल्य बढ्यो ।
होटल फरेस्ट इनको मूल्य सबैभन्दा धेरै १०.७५ प्रतिशत घट्यो । एसियन हाइड्रोपावरको ८.३८ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ७.८४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन र एसवाई प्यानल छन् ।
प्रतिक्रिया 4