News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद अनुमति दिएको छ।
- अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो।
९ वैशाख, काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज ३० दिनकाे समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो । तर, अदालत भने ७ दिनकाे मात्रै म्याद दिएकाे छ ।
यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए । दुवै जनालाई एउटै कसुरमा अनुसन्धान भइरहेको विभागस्रोतले जनाएको छ ।

प्रतिक्रिया 4