News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- व्यवसायी भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको हो।
- सुलभ अग्रवालको हकमा छैटौंपटक र दीपक भट्टको हकमा पाँचौंपटक म्याद थप गरिएको छ।
२३ वैशाख, काठमाडौं । विशेष अदालतले हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सुलभ शंकर ग्रुपका सञ्चालक हुन् । उनको हकमा छैटौंपटक म्याद थप भएको हो भने व्यवसायी भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4