News Summary
Generated by OK AI. Editorially reviewed.- हास्यकलाकार कुमार कट्टेल र दीपकप्रसाद आचार्यको फिल्म 'चिरञ्जीवी भवः' मा अभिनेता आशीर्वाद क्षेत्री पुरुषतर्फको शीर्ष भूमिकामा अनुबन्धित भएका छन्।
- फिल्मको महिलातर्फको शीर्ष भूमिकामा प्रशंसा रायमाझी जोडिएकी छन् र यो फिल्म दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथामा आधारित छ।
- फिल्मको निर्देशन दीपकप्रसाद आचार्यले गर्नेछन् र पटकथा कुमार कट्टेलले लेखेका हुन्, जसको घोषणा १ बैशाखमा गरिएको थियो।
काठमाडौं । हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को आगामी फिल्म ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् ।
उनलाई पुरुषतर्फको शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी निर्माताले दिएका छन् । यसअघि यो फिल्मको महिलातर्फको शीर्ष भूमिकामा टिकटकर प्रशंसा रायमाझी जोडिएकी छन् ।
यद्यपि, यो फिल्ममा आशीर्वाद र प्रशंसालाई ‘कपल’को भूमिकामा देख्न पाइनेछ वा छैन भन्नेबारे खुलाइएको छैन ।
यो फिल्मको घोषणा १ बैशाखमा गरिएको थियो । आचार्यको निर्देशन रहने यस फिल्मको पटकथा कट्टेलले लेखेका हुन् । सोसल ड्रामा जनरामा निर्माण हुने यो फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।
कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको परिवेशमा आधारित छ । उमेश कुमार बराल निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् ।
‘चिरञ्जीवी भवः’ काकुको आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ । यसअघि उनले निर्देशन गरेको फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म हो । कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो ।
प्रतिक्रिया 4