+
+
Shares

काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले बिहीबार साँझदेखि काठमाडौंका चार सुकुमवासी बस्ती खाली गर्न माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ।
  • प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङको राजीनामा पछि सुरक्षा निकायका प्रमुखलाई सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
  • जिल्ला सुरक्षा समितिको बैठकले सुकुमवासी बस्ती भोलि साँझ ७ बजेसम्म खाली गर्न निर्णय गरेको र नभए शनिबार डोजर चलाउने जनाएको छ।

१० वैशाख, काठमाडौं । काठमाडौं सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ । आज बिहीबार साँझदेखि प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय स्रोत काठमाडौंले जानकारी दिएको छ ।

यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका थिए । उक्त बैठकले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेको हो ।

उक्त छलफलमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ (आज) थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरिरहेको छ ।

‘भोलि साँझ ७ बजेसम्म अतिक्रमित सुकुमवासी बस्ती खाली गराउने निर्णयअनुसार माइकिङ भइरहेको छ,’ प्रशासन स्रोतले अनलाइनखबरसँग भन्यो, ‘शुक्रबार साँझसम्म खाली नभए शनिबार (वैशाख १२) गते अतिक्रमित संरचनामा डोजर चल्छ ।’

प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुमवासी बस्तीमा डोजर चल्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?