+
+
Shares

रुकुमपूर्वमा चट्याङ लागेर एक जना महिला घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १८:२२
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा हावाहुरीसँगै परेको चट्याङले २८ वर्षीया कमला बिकलाई घाइते बनाएको छ।
  • घाइते कमला बिकलाई हुकाम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ र थप उपचारका लागि रुकुमपूर्व जिल्ला अस्पतालमा रिफर गरिएको छ।

१३ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा हावाहुरीसँगै परेको चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् ।

आइतबार दिउँसो करिब सवा ३ बजे तिर पिगुर लेगस्थित जंगलमा घाँस काट्न गएकी २८ वर्षीया कमला बिकलाई चट्याङ लागेको हो ।

अचानक आएको हावाहुरीसँगै परेको चट्याङले उनलाई गम्भीर घाइते भएकी छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान बिष्टका अनुसार घाइते बिकलाई हुकाम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।

प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले उनलाई रुकुमपूर्व जिल्ला अस्पताल रिफर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?