News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेश सभाको आठौँ बजेट अधिवेशन १७ वैशाख दिउँसो ४ बजे बस्ने गरी प्रदेश प्रमुख नजिर मियाँले आह्वान गर्नुभएको छ।
- प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिस र संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गर्नुभएको हो।
- प्रदेश सभा सचिवालयले अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त गरी सांसदहरुलाई बैठकको जानकारी गराएको छ।
१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।
पहिलो बैठक १७ बैशाखमा बस्नेगरी सभाको बजेट अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
उनका अनुसार प्रदेश प्रमुुखले सरकारको मन्त्रिपरिषद्को बैठकले शुक्रबार गरेको सिफारिसका आधारमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
यो प्रदेश सभाको आठौँ अधिवेशन हो । प्रदेश प्रमुखको अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त भएपछि सचिवालयले सांसदहरुलाई १७ वैशाखको दिउँसो ४ बजे बैठक बस्ने जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4