+
+
Shares

वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन विपक्षी ३ दलको माग

विपक्षी तीन दलले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी तीन दलले अमेरिका-इरान द्वन्द्वका कारण रासायनिक मलको अभाव बढ्ने भन्दै सरकारसँग वर्षाअघि नै चाँजोपाँजो मिलाउन माग गरेका छन्।
  • नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा कांग्रेस र नेकपाको बैठकले सरकारलाई वर्षे सिजनका लागि आवश्यक रासायनिक मल समयमै उपलब्ध गराउन आग्रह गरेको छ।

१७ वैशाख, काठमाडौं । विपक्षी तीन दलले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार बिहान नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको कांग्रेस र नेकपासहितको बैठकले अमेरिका-इरान द्वन्द्वका कारण थप अभाव हुने अवस्था रहेको भन्दै सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको हो ।

‘प्रत्येक वर्ष अभाव हुने रासायनीक मल यस वर्ष अमेरिका – इजरायल र इरानबीच भैरहेको युद्धका कारण थप अभाव हुने अवस्था सिर्जना भएको छ,’ निर्णयमा भनिएको छ, ‘त्यसैले यो अवस्थातर्फ सरकार गम्भीर भई वर्षे सिजनका लागि आवश्यक पर्ने रासायनीक मलको चाँजोपाँजो समयमै मिलाउन माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?