News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले ट्रेड युनियन खारेज गर्ने तयारी गरेको भन्दै कांग्रेस, एमाले र नेकपाले आपत्ति जनाएका छन्।
- तीन दलले मदजुरको पेशागत हकहित र लोकतान्त्रिक आन्दोलनमा भूमिका निर्वाह गरेका संगठन खारेजीको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
- तीन दलले राष्ट्रसेवक कर्मचारीको संगठन खारेजीको तयारीलाई अलोकतान्त्रिक र जनविरोधी भनेका छन्।
१७ वैशाख, काठमाडौं । सरकारले ट्रेड युनियन खारेज गर्ने तयारी गरेको भन्दै विपक्षी तीन दलले आपत्ति जनाएका छन् ।
आज बसेको कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठकले मदजुरको पेशागत हकहित र अधिकारसँगसँगै मुलुकको लोकतान्त्रिक आन्दोलनमा भूमिका निर्वाह गरेका संगठन खारेजीको निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।
त्यस्तै सार्वजनिक प्रशासनमा क्रियाशील रहेका राष्ट्रसेवक कर्मचारीको संगठन खारेजीको तयारीप्रति पनि तीन दलले आपत्त जनाएका छन् । उनीहरूले सरकारको यस निर्णयलाई अलोकतान्त्रिक र जनविरोधी भनेका छन् ।
‘यी संगठनहरु खारेज गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको छ । त्यसैले राष्ट्रसेवकका संगठनहरु खारेज गर्ने निर्णय अभिलम्ब फिर्ता गर्न माग गर्दछौं’ तीन दलको निर्णयमा उल्लेख छ ।
प्रतिक्रिया 4