+
+
Shares

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु   

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

रासस रासस
२०८३ वैशाख १८ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको फेवातालमा पौडी खेल्ने क्रममा १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको छ।
  • बालकलाई डुबेको सूचनापछि सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो।
  • उद्धारपछि बालकलाई अस्पताल लगिएको थियो जहाँ दिउँसो १२ः१५ बजे मृत घोषणा गरिएको थियो।

१८ वैशाख, कास्की । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार बालक तालमा डुबेर बेपत्ता भएको सूचनापछि कालिका गणबाट प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सात जनाको गोताखोर सहितको टोली परिचालन गरिएको थियो ।

सो उद्धार टोलीले खोजीका क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।

उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकामा दिउँसो करिब १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक सिंहले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?