+
+
Shares

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर (तस्वीरहरू)

यसैबीच बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख १९ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले धमाधम नदी किनारका अतिक्रमित संरचना हटाउन बालाजुस्थित बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा डोजर चलाएको छ।
  • शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा डोजर चलिरहेको छ।
  • सरकारले काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको छ र पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपासका संरचना हटाइएको थियो।

१९ वैशाख, काठमाडौं । धमाधम नदी किनार आसपासका अतिक्रमित जग्गामा बनेका संरचना हटाइरहेको सरकारले बालाजुस्थित एक विद्यालयमा पनि डोजर चलाएको छ ।

शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा धमाधम डोजर चलिरहेको छ ।

यसैबीच बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो ।

यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।

सरकारले हिजोदेखि काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको हो ।

पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपास बनेका संरचना हटाइएको थियो ।

तस्वीरहरू–

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?