+
+
Shares

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसले संसद्‌मा विमति राख्ने

बुधबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ।
  • संसदीय दल बैठकले सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशबारे पनि छलफल गरेको छ।
  • नेपाली कांग्रेसले संसद्मा आफ्नो धारणा राख्ने र सरकारको प्रतिक्रियाले आगामी रणनीति निर्धारण गर्नेछ।

२३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिइन् ।

‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हामी विमति राख्नेछौं,’ उनले भनिन् ।

संसद्मा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने उनले बताइन् ।

‘हामीले राखेपछि उहाँहरूले कसरी लिनुहुन्छ, त्यसपछि अघि बढ्छ,’ उनले भनिन् ।

साथै, सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि आजको बैठकमा छलफल भएको उनले बताइन् ।

त्यसबारे पनि आफूहरूको धारणा संसद्मा राख्ने उनले बताइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?