+
+
Shares

सरकारले भन्यो– संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्ताको तस्तै पठाएका छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा कुनै परिमार्जन नगरी पुनः सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाएको छ।
  • मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न पुनः सिफारिस गर्ने निर्णय गरेको छ।
  • राष्ट्रपतिले विभिन्न कानुनविद्सहितको राय लिएर उक्त अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा कुनै परिमार्जन नगरी पुन: सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाइएको बताएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, परिमार्जन नगरी अध्यादेश पठाइएको उनले बताए । ‘पहिला जुन थियो, त्यही नै पठाएका छौं । कुनै परिमार्जन छैन,’ प्रवक्ता पोखरेलले भने ।

यसअघि सरकारले संवैधानिक परिषद्सहित विभिन्न ८ वटा अध्यादेश सिफारिस गरेको थियो । तीमध्ये ७ वटा अध्यादेश भने राष्ट्रपतिले जारी गरिसकेका छन् ।

विभिन्न कानुनविद्सहितको राय लिएर राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?