News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ।
- संसदीय दल बैठकले सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशबारे पनि छलफल गरेको छ।
- नेपाली कांग्रेसले संसद्मा आफ्नो धारणा राख्ने र सरकारको प्रतिक्रियाले आगामी रणनीति निर्धारण गर्नेछ।
२३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिइन् ।
‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हामी विमति राख्नेछौं,’ उनले भनिन् ।
संसद्मा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने उनले बताइन् ।
‘हामीले राखेपछि उहाँहरूले कसरी लिनुहुन्छ, त्यसपछि अघि बढ्छ,’ उनले भनिन् ।
साथै, सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि आजको बैठकमा छलफल भएको उनले बताइन् ।
त्यसबारे पनि आफूहरूको धारणा संसद्मा राख्ने उनले बताइन् ।
प्रतिक्रिया 4