+
+
Shares

बालविवाह अन्त्यका लागि ९ बुँदे प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते ८:४५

२६ वैशाख, जनकपुरधम । बाल विवाह अन्त्यका लागि जनकपुरधाममा सरोकारवालाहरूले ९ बुँदे सामूहिक प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय बालअधिकार परिषद् र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ को कार्यान्वयनमा प्रदेश तथा स्थानीय तहको भूमिका’, विषयमा छलफल सरोकारबालाले प्रतिबद्धता गरेका हुन् ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधिहरूले बालविवाहविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, यस विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्ने तथा बालबालिका सम्बन्धी ऐन २०७५ को प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिबद्धतापत्रमा बालविवाह अन्त्यका लागि आवश्यक बजेट विनियोजन गर्ने, सरोकारवालाबीच एकद्वार प्रणालीमार्फत समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने तथा घरपरिवारदेखि समुदायस्तरसम्म जनचेतनामूलक अभियान चलाउने उल्लेख छ । साथै, बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहारलाई कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउने र पालिकालाई बालविवाहमुक्त घोषणा गर्न पहल गर्ने विषय पनि समेटिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलले बालविवाह अन्त्यका लागि सबै पक्ष इमान्दार र जिम्मेवार बन्नुपर्ने बताए । कार्यक्रम जन जागरण युवा क्लब बाराका कार्यबाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?