+
+
Shares

टेक्नोले नेपालमा सार्वजनिक गर्‍यो ‘स्पार्क ५० फोरजी’, ७ हजार एमएएच ब्याट्री

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेक्नोले नयाँ स्मार्टफोन स्पार्क ५० फोरजी नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी रोम भेरियन्टमा २६ हजार ९९९ रुपैयाँमा ल्याएको छ।
  • स्पार्क ५० फोरजीमा ७ हजार एमएएच ब्याट्री, ५० एमपी एआई क्यामेरा, १२० हर्जको ६.७८ इन्च डिस्प्ले र आईपी ६४ वाटर र डस्ट रेसिस्टेन्स सुविधा छ।
  • कम्पनीले यसलाई ‘पावर पनि, स्टाइलिस पनि’ भन्ने नाराका साथ बजारमा उतारेको र नेटवर्क कभरेज नपुगेको क्षेत्रमा १.५ किलोमिटर सञ्चार सहयोग गर्ने बताएको छ।

२७ वैशाख, काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ५० फोरजी नेपाली बजारमा ल्याएको छ।

भरपर्दो ब्याट्री, उत्कृष्ट मनोरञ्जन अनुभव र आकर्षक डिजाइनको खोजीमा रहेकालाई लक्षित यो स्मार्टफोनले शक्तिशाली हार्डवेयर र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सुविधालाई एउटै प्याकेजमा समेटेको कम्पनीले जनाएको छ।

कम्पनीले यसलाई ‘पावर पनि, स्टाइलिस पनि’ भन्ने नाराका साथ बजारमा उतारेको हो । स्पार्क ५० फोरजीको सबैभन्दा ठूलो आकर्षण यसको विशाल ७ हजार एमएएच ब्याट्री हो, जसले एक दिनभन्दा बढी समयसम्म निरन्तर सेवा दिन सक्षम रहने कम्पनीको दाबी छ ।

‘गेमिङ, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा वा सामाजिक सञ्जाल जुनसुकै काममा व्यस्त रहँदा पनि यो फोनले ब्याट्रीको चिन्ता गर्नु नपर्ने अनुभव दिन्छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

दैनिक व्यवहारिक प्रयोगलाई ध्यानमा राखी निर्माण गरिएको यो स्मार्टफोनमा १.८ मिटरसम्मको ड्रप रेसिस्टेन्स र आईपी ६४ डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा दिइएको छ, जसले पानीका छिटा तथा दैनिक प्रयोगबाट हुन सक्ने क्षतिबाट थप सुरक्षा प्रदान गर्छ।

क्यामेरातर्फ, स्पार्क ५० फोरजीमा ५० एमपी एआई क्यामेरा सिस्टम राखिएको छ। यसले विभिन्न प्रकाश अवस्थामा पनि तस्बिरको गुणस्तर बुद्धिमानीपूर्वक सुधार गर्दै स्पष्ट पोट्रेट र जीवन्त रङ कैद गर्न सहयोग गर्छ। ‘६.७८ इन्चको १२० हर्ज डिस्प्लेले गेमिङ, भिडियो हेर्ने तथा सोसल मिडिया ब्राउज गर्दा झन् स्मूथ र इमर्सिभ दृश्य अनुभव प्रदान गर्छ’ कम्पनीले भनेको छ ।

यस फोनमा टेक्नोको सिग्नल एडभान्टेज टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले नेटवर्क कभरेज नपुगेको क्षेत्रमा पनि १.५ किलोमिटरसम्म सञ्चार सहयोग गर्न सक्षम रहने कम्पनीले जनाएको छ । यो फोन नेपालभर ६ जीबी र्‍याम र १२८ जीबी रोम भेरियन्टमा २६ हजार ९९९ रुपैयाँमा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?