+
+
Shares

जटिल भू–गोल र सडक संरचनाका कारण दुर्घटना बढ्यो : आईजीपी कार्की

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइजीपी दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाले सवारी दुर्घटना बढाएको बताए।
  • उनले दैनिक औसत आठ जनासम्मको मृत्यु हुने दुर्घटना गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे।
  • कार्कीले जलवायु परिवर्तनले बाढी, पहिरो र मनसुनजन्य विपद् बढाएर दुर्घटना जोखिम थप बढाएको बताए।

२७ वैशाख, काठमाडौं । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भू–गोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा उनले जटिल भुगोग र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताए ।

नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दु:खद् बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको आईजीपी कार्कीको भनाइ थियो ।

‘गाउँ गाउँमा वडा अध्यक्ष, अध्यक्षहरूले इच्छा गरेर बनाइएका सडकहरू गाउँगाउँ जथाभावी डोजर क्रान्ति गरिएका बाटाहरू को कारणले पनि दुर्घटना भएका छन् भन्ने पनि हामीले स्वीकार गर्नुपर्ने छ ।  ती बाटाहरू इन्जिनियरिङ हिसाबले ती  ठिक छन्,’ उनले भने, ‘जहाँनिर त्यो जलवायु परिवर्तनका सँगै जो बाढी र पहिरो आउछ त्यसको सिर्जना गर्नमा कति योगदान गरेको छ त्यस्तो किसिमको विकासको नमुनाले भन्ने तर्फ पनि हेर्नुपर्नेछ ।’

कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने पनि बताए ।

उनका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ ।

‘अहिले अर्को कसैलाई पीडा भएको अवस्थाले अहिले एकछिन शान्त भइराख्ने कुरा पनि होइन । त्यो कुनै दिन त्यो पिडा कसैसँग नपरोस् भन्नका खातिर महाधिवेशनले पनि एउटा मार्ग निर्देश गर्नुपर्ने अवस्था छ भन्ने बुझ्नु जरुरी छ । अब हामीले पछिल्ला दिनमा मौसमको परिवर्तनले जलवायुमा आएको परिवर्तनको कारणले पनि संसारभरमा जस्तै नेपालमा पनि दुर्घटनाहरू वृद्धि गरेको छ,’ उनले भने ।

विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?