News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन्।
- १३ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर छ र उनी भरतपुर अस्पतालमा उपचाररत छिन्।
३ जेठ, चितवन । चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
२९ वैशाखमा श्यामबहादुर चेपाङको पाँच जना परिवारले जंगली च्याउ खाएका थिए । जसमध्ये तीन जना १ जेठमा बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।
उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो । १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4