News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको आदेश र प्रतिनिधिसभाका सांसदहरूको धारणा विषयमा छलफल गर्न आकस्मिक बैठक डाकेको छ।
- कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गरी मंगलबार पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन्।
- प्रतिनिधिसभामा रास्वपा सांसदहरूले प्रधानन्यायाधीशको आदेशमा आपत्ति जनाएका छन्।
४ जेठ, काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।
नेपाल बार एसोशिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले आजका लागि आकस्मिक बैठक डाकिएको जानकारी गराए ।
उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।
सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल तिनलाई दर्ता गर्न र मंगलबारको पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन् ।
उनको आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदहरू समीक्षा बास्कोटा, यज्ञमणि न्यौपाने लगायतले आपत्ति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4