+
+
Shares

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दी नदीको कटान नियन्त्रणका लागि बेनी बजारमा १६५ मिटर लामो कम्पोजिट प्रविधिको पक्की पर्खाल निर्माण सम्पन्न भएको छ।
  • पर्खाल निर्माणका लागि २०८२ वैशाखमा रु चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो र काम लक्ष्यभन्दा एक महिनाअघि सम्पन्न भएको छ।
  • बेनी वरपर म्याग्दी र कालीगण्डकी नदी कटान जोखिम क्षेत्रमा संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रण आयोजना सञ्चालन गरेको छ।

४ जेठ, म्याग्दी । बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो ।

म्याग्दी नदी किनारमा १६५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण सम्पन्न भएको हो । पर्खाल निर्माणका लागि २०८२ वैशाखमा रुपल-सुप्रिम कन्स्ट्रक्सनसँग रु चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो ।

आगामी असार २० गतेसम्म ठेक्काको म्याद भए पनि इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यभन्दा एक महिनाअघि काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुरेश खड्काले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि निर्माण सुरु भएको थियो ।

भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याबिन पर्खाल निर्माण भएको आयोजनाका इन्जिनियर नरजङ गुरुङले उल्लेख गरे ।

बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण निर्माण भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?