+
+
Shares

समस्याग्रस्त थप ३ सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप तीनवटा सहकारीका १,७७० जना ऋणीको नाम सार्वजनिक गरेको छ ।
  • समितिद्वारा सार्वजनिक सूचीमा घेदुङ, नागरिक कल्याण र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीहरू रहेका छन् ।
  • सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न र नगरे कानून बमोजिम असुली प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।

१२ जेठ, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप ३ सहकारीका ऋणीको नाम सार्वजनिक गरेको छ ।

समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीहरूको नाममा सार्वजनिक गरेको हो ।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।

साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । यसअघि गौतमश्री र ओरियन्टल सहकारीका ऋणीको विवरण सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?