+
+
Shares

कांग्रेसले भन्यो- सभामुखको आदेशबिनै सांसद निकालियो, सभामुखले भने- निकालिएकाे हाेइन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १७:३५

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सभामुख डीपी अर्यालको आदेशबिना नै सांसद गीता सेन्दाङलाई मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार स्थगित भएर फेरि सुरु भएको संसद् बैठकमा सचेतक निष्कल राईले कांग्रेस सांसद सेन्दाङलाई तीन जना मर्यादापालकले सभामुख अर्यालको आदेशबिना नै बाहिर निकालेको विषयमा आपत्ति जनाएका हुन् ।

‘सभामुखको आदेशबेगर गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन,’ उनले भने, ‘सभामुखले त्यस्तो आदेश कानेखुशी गरेर दिने होइन, संसद्मा सबैलाई जानकारी गराएर दिनुपर्छ । कानेखुशीबाट सदन अगाडि बढ्न सक्दैन ।’

सचेतक राईले संसद्लाई नियमावली पनि स्मरण गराए । ‘सभामुखले पहिलो संसद्लाई सचेत गराउने हो । हाम्रो नियमावलीको नियम ३० ले त्यही भन्छ,’ उनले भने, ‘सचेत गराउँदा नमानेमा नियम ३१ अनुसार आदेश गर्ने हो । तर, सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई तीन जना मर्यादापालकले घेरेर बाहिर निकाकोलको छ ।’

उता सभामुख अर्यालले सांसद सेन्दाङ   बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचिरहेकाे देखिएकाले जाँच मात्रै गरिएकाे बताए । उनले आफ्नै आदेशबाट मोबाइल जाँच गरिएको तर, बाहिर ननिकालिएको बताए । ‘उहाँले फोटो भिडियो खिचिरहेको देखिएको थियो । जुन संसद्को नियमविपरीत हो । त्यसैले मैले नै मर्यादापालकलाई भनेर फोटो–भिडियो खिचे–नखिचेको जाँच गर्न भनेको हुँ,’ उनले भने, ‘बैठकबाट निकालिएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?