News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
- प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानूनमन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट प्राप्त सो विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरेकी थिइन् ।
- मन्त्री गौतमले मतदाता नामावली ऐनको साविकको व्यवस्था संशोधन गर्न तत्कालीन सरकारले जारी गरेको अध्यादेशका ठाउँमा विधेयक ल्याइएको स्पष्ट पारिन् ।
१३ जेठ, काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।
सभाको बुधवारको बैठकले उक्त प्रश्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेकी थिइन् ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश तत्कालीन सरकारले अध्यादेश जारी गरेको जानकारी गराउँदै उक्त व्यवस्थाका लागि विधेयक अघि सारिएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4