+
+
Shares

कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा खोल्यो नयाँ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापनमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
  • मंगलबार आयोजित शोरुमको उद्घाटन कार्यक्रममा निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी केसीको सहभागिता थियो ।
  • “नवलपुरका स्थानीयको घर निर्माण तथा पुनःनिर्माण योजनालाई साकार पार्न मद्दत पुगोस् भन्ने यो शोरुमको उद्देश्य हो” निर्देशक हिमांशु अग्रवालले भने ।

१३ जेठ, नवलपुर । कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । योसँगै कजारियाले गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ ।

राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायल सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ।

यस शोरुमको औपचारिक उद्घाटन मंगलबार गरिएको थियो । कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी केसी, कजारिया रमेश टायल्सका वरिष्ठ प्रतिनिधि र राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको सहभागिता थियो । ग्राहकलाई आकर्षित गर्ने र सहजता दिनेगरी शोरुम व्यवस्थापन गरिएको छ ।

‘यहाँ आउने ग्राहकले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्प प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन्’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको साझेदारीमा ठूला शहरमा मात्र सीमित नभई बाहिरका समुदायसम्म पुग्ने प्रयास जारी रहने कम्पनीले जनाएको छ । ‘नवलपुरका स्थानीयको घर निर्माण तथा पुनःनिर्माण योजनालाई साकार पार्न मद्दत पुगोस् भन्ने यो शोरुमको उद्देश्य हो’ कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने ।

यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?