News Summary
Generated by OK AI. Editorially reviewed.- मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभर मनाइँदै छ र यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
- इदुल फित्रको ७०औँ दिनमा मनाइने यस पर्वमा मुस्लिमहरूले सामूहिक नमाज पढेर एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।
- बकर इदका अवसरमा काठमाडौंका जामे र काश्मिरी मस्जिदलगायत देशभरका ईदगाहहरूमा प्रार्थना गर्नेको भीड लागेको छ ।
१४ जेठ, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
काठमाडौंका बकर इद मनाइरहेका केही तस्वीरहरू :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4