+
+
Shares

तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको छ ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने बताउनुभयो ।
  • यसका लागि छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र दायित्वलाई एकीकृत गरी एकल भुक्तानी विधि अपनाइने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए ।

छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने अर्थमन्त्री वाग्लेले बताए ।

‘स्वास्थ्य बीमाको सर्वव्यापीकरण विधिबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायारामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेखीय कटौती हुने अपेक्षा राखेका छ,’ वाग्ले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?