फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्ड एक वर्षभित्र स्तरोन्नति गर्ने घोषणा गरेको छ ।
- एसियाली विकास बैंक र नेपाल सरकारको करिब १७ अर्ब रुपैयाँ लागतमा यो सडक स्तरोन्नति गर्न लागिएको हो ।
- विसं २०७९ साउनमै सम्पन्न हुनुपर्ने नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण नसकिँदा यात्रुले सास्ती पाइरहेका छन् ।
१५ जेठ, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड यही वर्ष स्तरोन्नति गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सरकारले कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्ड एकवर्षभित्र स्तरोन्नति गर्ने दाबी गरेको हो ।
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक योजनाले २०७९ साल साउनमै सम्पन्न गर्ने गरी २०७५ मा सम्झौता गरेको थियो । करिब ११४ किलोमिटर सडकको कालोपत्र भत्काएर समयमै सम्पन्न नहुँदा यात्रुले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।
एसियाली विकास बैंकको ८५ प्रतिशत र बाँकी नेपाल सरकारको गरेर करिब १७ अर्ब रुपैयाँ लागत सडक स्तरोन्नति गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4