+
+
Shares

उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– समग्र बजेटले उत्साही छौं, कार्यान्वयन पक्ष हेर्छौं

‘समग्र बजेट सुन्दा हामी उत्साहित छौं । तर डिटेल्स अझै हेर्न बाँकी नै छ,’ उनले भने, ‘समग्र बजेट हेर्दा सरकारले सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ । डिटेल्समा त अझै गएको छैन । करका दर घटाउन खोजेको जस्तो देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले बजेटले धेरैजसो विषयलाई सम्बोधन गर्न खोजेको बताए ।
  • श्रेष्ठले “समग्र बजेट सुन्दा हामी उत्साहित छौं” भन्दै अझै विस्तृत विवरण हेर्न बाँकी रहेको उल्लेख गरे ।
  • बहुमतको सरकारले प्रतिबद्धता पूरा गरेर देशको शिथिल अर्थतन्त्र पुनर्जागरण गर्ने अपेक्षा उनले व्यक्त गरे ।

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले समग्र बजेटलाई हेर्दा धेरैजसो विषयलाई सम्बोधन गर्न खोजेजस्तो देखिएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहरदबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

उनले समग्र बजेट हेर्दा आफूहरू उत्साहित भएको भए पनि विस्तृत भने हेर्न बाँकी रहेको टिप्पणी गरे ।

‘समग्र बजेट सुन्दा हामी उत्साहित छौं । तर डिटेल्स अझै हेर्न बाँकी नै छ,’ उनले भने, ‘समग्र बजेट हेर्दा सरकारले सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ । डिटेल्समा त अझै गएको छैन । करका दर घटाउन खोजेको जस्तो देखिन्छ ।

कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको उनले बताए । ‘अनुदानको नयाँ मोडालिटि पनि ल्याउन खोजेको देखिन्छ । पूर्वाधारमा थुप्रै कुरा गरेको देखिन्छ,’ उनले भने ।

अहिलेको सरकार दुई तिहाइको भएको र पहिलाका भन्दा अलि सिरियस भएर बजेट ल्याएको जस्तो उनले बताए ।

‘यी सबै हिसाबले देख्दा सरकार पहिलाभन्दा अलि सिरियस भएर जाने र अहिले व्यक्त भएका प्रतिबद्धता कार्यान्वयन पक्ष पनि हेर्नुपर्नेछ,’ उनले भने, ‘सरकार पहिलाभन्दा अलि सिरियस देखिँदै जाने हो कि जस्तो देखिन्छ । विगतका सरकार मिलिजुली थियो, अहिले एउटै सरकारको बहुमतको अवस्था छ । यस्तो सरकारले आफूले गरेको प्रतिबद्धता पूरा गरेर लैजान्छ, देशमा शिथिल भएको अर्थतन्त्रलाई पुनर्जागरण हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?