+
+
Shares

नेपाल थारु संघको पहिलो महाधिवेशन हुँदै, गगन थापाले उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते ७:३२

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारू संघको पहिलो महाधिवेशन हुँदैछ । थारू संघले आज (शनिबार) पहिलो महाधिवेशन गर्ने भएको हो ।

सभापति गगनकुमार थापाले थारू संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह १२ः१५ बजेबाट सुरू हुने छ । थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ ।

यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको थियो । हाल शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?