+
+
Shares

सप्तरीमा २ वटा भैंसी चोरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १०:२०

१६ जेठ, सप्तरी । दुईवटा  भैंसी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका ५ जाँजरका १९ बर्षीय शिव कुमार सदा रहेका  छन् ।

मंगलबार डाक्नेश्वरी नगरपालिका-५  पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट दुईवटा अन्दाजी रातिको १२ बजेतिर भैंसी चोरी भएको थियो ।

गोठबाट भैंसी चोरी भएको भन्ने मौखिक जानकारी प्रहरी कार्यालयमा आउने वित्तिकै प्रहरी टोली खटि गई खोजतास गर्ने क्रममा भैंसीसहित सदालाई बोदेबरसाईन नगरपालिका-१० खडकपुर टोलस्थित हुलाकी सहायक खण्ड भित्री सडक खण्डमा भैंसीसहित पैदल हिँडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

उनीमाथि चोरी कसूर मुद्दामा सप्तरी  जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता भैंसी चोरीको आरोपमा पक्राउ परेका  शिव कुमार सदालाई  खडकपुर गाउँका स्थानीयहरूले नियन्त्रणमा लिएर सोधीखोजीगर्दा आफूलाई पाँच सय ज्यला दिएर जाँजरकै मोहम्द जमिलले भैंसी चोरी गरेर दिइएको आरोप लगाए । उनले  प्रहरीलाई देख्नसाथ जमिलले भागन निर्देशन दिइएको समेत स्थानीयलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?