+
+
Shares

राष्ट्रिय सभाको बैठक बस्नमा विलम्ब

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १२:००

१७ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्नमा बिलम्ब भएको छ । बिहान सवा ११ बस्ने तय भएको बैठक समयमै सुरु हुन नसकेको हो ।

राष्ट्रिय सभाबाट आज दुई वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पनि आजै पारित गर्ने कार्यसूची छ ।

यी विधेयकमा परेका संशोधनरउपर राष्ट्रिय सभामा रहेका दलले सरकारसँग संवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?