१७ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद गोमा देवी तिमिल्सनाले सरकारले ल्याएको बजेटले नेपाली समाजलाई समग्रतामा समेट्न नसकेको टिप्पणी गरेकी छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
‘अर्थमन्त्रीज्यूबाट प्रस्तुत भएको २०८३/०८४ को बजेट उहाँहरूले अत्यन्तै मेहनतका साथ ल्याउनुभएको होला । तर हामीलाई कता कता नुन र अमिलो नलागेको अचार जस्तै महसुस भएको छ ।’
उद्योगहरू सञ्चालन गर्ने भनेर भनिएको तर रकम विनियोजन नगरिएको उनले बताइन् । यसैमा उनले थपिन्, ‘उद्योग मुखले चल्दैन, व्यवहार र बजेट आवश्यक हुन्छ ।’
गरिब, किसान र मजुदरको विषयमा केही कार्यक्रम नआएको उनले बताइन् । बजेटले सुकुम्वासीको समस्या समाधान गर्ने विषय पनि समेट्न नसकेको बताइन् ।
यो विषयमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4