+
+
Shares

नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन : निश्कल राई

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन् ।
  • सचेतक राईले सार्वभौम संसद्‍मा प्रधानमन्त्रीले विनातथ्य अभिव्यक्ति दिनु अशोभनीय भएको बताए ।
  • उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण नभएको भन्दै असन्तुष्टि जनाए ।

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन् ।

आइतबार संघीय संसद् भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

सचेतक राईले सार्वभौम संसद्‍मा प्रधानमन्त्री शाहले बिना तथ्य कुरा गर्नु अशोभनीय भएको पनि बताए ।

उनले प्रधानमन्त्रीको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राईले भने, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्नेकुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु पर्‍यो । यो, यो ठाउँ भनेर भन्न सक्नु पर्‍यो । तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौ भनेर एक खालको तथ्यहिन कुरा गर्नु भयो । आपत्ति छ । मानव अधिकार आयोगबारे पनि प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण छैन ।’

सचेतक राईले प्रधानमन्त्री शाहले संसद्‍मा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको जिकीर पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?