+
+
Shares

निश्कलले तोडे कम्युनिस्ट किल्ला

निश्कलले जितेसँगै लामो समयदेखिको कम्युनिस्ट पकड पनि तोडिएको छ ।

सुदिप श्रेष्ठ सुदिप श्रेष्ठ
२०८२ फागुन २५ गते १७:५१

२५ फागुन, इलाम । त्रिपक्षीय प्रतिश्पर्धाका कारण रोचक देखिएको इलाम–१ मा अन्तत: नेपाली कांग्रेसका निश्कल राईले जितेका छन् ।

निश्कलले श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई ९११ मतको अन्तरले पराजित गरेका हुन् । ३५ वर्षीय राईले १४ हजार ५४३ मत ल्याएर जित्दा लिम्बुले १३ हजार ६३२ मत पाए ।

निश्कलले जितेसँगै लामो समयदेखिको कम्युनिस्ट पकड पनि तोडिएको छ । यो क्षेत्रबाट २०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईले जिते बाहेक सधैं कम्युनिस्टले जित्दै आएको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले लगातार यही क्षेत्रबाट जित्दै आएका थिए ।

गत २०७९ सालको निर्वाचनमा एमालेकै महेश बस्नेतले जितेका थिए । त्यसबेला खनाल तत्कालीन नेकपा एकीकृत समाजवादीका उममेदवार थिए । यसपटक एमाले तेस्रो स्थानमा खुम्चिएको छ ।

गत स्थानीय निकायको निर्वाचनमा सूर्योदय नगरपालिकाको प्रमुख पदमा रणबहादुर राईसँग पराजित काजीमान कागतेलाई एमालेले उम्मेदवार बनाएको थियो । राईले ११ हजार ९६६ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गरे । मेयर पदबाट राजीनामा दिएर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका रणबहादुर राईले ७ हजार ६६५  मत प्राप्त गरे ।

युवा निश्कलको बौद्धिक पृष्ठभूमि

सूर्योदय नगरपालिका–४ का निश्कल राई युवा पुस्तामा प्रिय छन् । उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्, र शंकरदेव क्याम्पसका पूर्व लेक्चरर हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका राई नेपाल विद्यार्थी संघमा लामो समय आबद्ध थिए । राई नेपाली कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

उनी हाल नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ (ख) का क्षेत्रीय सभापति हुन् भने यसअघि क्षेत्रीय सहसचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

सेवा–भावना र समुदाय केन्द्रित दृष्टिकोणका साथ उनले रोजगारी सिर्जना, सिप विकास र उद्यमशीलता प्रबर्द्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका थिए ।

देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देखिएको समयमा पनि इलामका दुई निर्वाचन क्षेत्रले भने फरक सन्देश दिएको छ ।

इलाम–२ ले भने नेकपा एमालेका ३६ वर्षीय सुहाङ नेम्वाङलाई प्रतिनिधिसभामा पठाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?