+
+
Shares

पशुमाथि क्रुरता : जोत्दाजोत्दै थकित गोरु पछारियो, खाल्डो खनी मुख पुरिदिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जोत्दाजोत्दै थाकेको गोरुको मुख माटोमा पुरेर क्रूर व्यवहार गरी भिडियो बनाउने प्युठानका जालीराम थापामगरको कृत्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

यसै त चर्को गर्मी । त्यसमाथि दिनभरी जोतिएर थाकेको थियो, गोरु । गोरुले हलो तान्न सकेन । तैपनि लाठीले कुटिरह्यो । लाठीको चोट भन्दा पनि बढी थियो उसको पीडा । गलेको शरीरले खुट्टा चाल्न सकेन । अनि आजित भई ऊ भुँइमा पछारियो ।

तर, पछारिएर पनि धर पाएनन् । गोरु जोत्ने पुरुषले उसको मुख अघिल्तिर खाल्डो खनिदियो र त्यसमा मुख गाडेर माटोले पुरिदियो । त्यसै त सास फेर्न कठिन भइरहेको उसलाई कस्तो भयो होला ?

यसरी गोरुमाथि क्रूर व्यवहार गर्ने व्यक्ति हुन्, जालीराम थापामगर । उनले यसको भिडियो बनाएर फेसबुकमा राखेका छन् । उनको प्रोफाइलमा स्थायी घर, प्युठान भएको उल्लेख छ ।

जोत्दाजोत्दै थाकेको गोरुमाथि उनले किन यस्तो गरे ? त्यहाँ कुनै जवाफ छैन । बरू तिनीहरूले त्यसमा क्याप्सन लेखेका छन्, ‘एआईलाई सोधेर सिकौं भनेको टावर भए पो ।’

पछिल्लो समय ‘भाइरल’ हुने होडमा मान्छेले पशुमाथि अनेक क्रूर व्यवहार गर्न थालेका छन् । यस्ता घटजा दिनहुँजसो फेसबुकमा देख्न पाइन्छ । फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा धेरै ‘भ्युज’ बटुल्ने होडबाजीमा पनि यस्तो कृत्य हुँदै आएको छ । कहिले कुकुरलाई रक्सी खुवाउने, कहिले गोरुको यौनाङमा लाठी घुसार्ने, कहिले बाँदरलाई थुनेर कुकुरले टोकाउने जस्ता कृत्य हुँदै आएका छन् ।

यद्यपि यस किसिमको पशु क्रुरताविरुद्ध प्राभावकारी कारबाही भएको छैन ।

केही समयअघि मात्र नेपाल प्रहरीको फेसबुकबाट भने अत्याधिक गर्मीको समयमा पशुप्राणीको ख्याल गर्नु भनी सूचित गरिएको थियो । मध्य गर्मीमा जोत्ने, घाममा बाँधेर राख्ने, भारी बोकाउने कार्य नगर्नु भनिएको थियो ।

यो प्युठानमा रहेछ नि । हेर्नु न कस्तो गरेको ? यो मान्छेको नाम जालीराम थापामगर रहेछ ।

के हुनसक्छ कारबाही ?

मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो भनेको छ । यस्तोमा उल्लिखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी गर्न सकिन्छ ।

यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा संलग्न व्यक्तिलाई ३ महिनासम्म कैद वा ५,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । पशुलाई क्रूरतापूर्वक हत्या गरेमा सजाय अझ कडा हुन सक्छ, जसमा जरिवाना र कैद दुवै लागू हुन सक्ने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?