+
+
Shares

रास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ८ बजे भर्चुअल माध्यमबाट सचिवालय बैठक बोलाएको छ ।
  • बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, अनुशासन र निर्वाचन आयोगका विषयमा छलफल हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • बैठकमा विधान संशोधन, प्रदेश तथा जिल्ला अधिवेशन कार्यविधि र संघीय सांसदहरूको पार्टी जिम्मेवारीबारे छलफल हुनेछ ।

१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक आजै साँझ ८ बजे बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठक भर्चुअल माध्यमबाट बस्ने पनि उनले बताएका छन् ।

उनका अनुसार, बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायतका कार्यसूचीमा छलफल हुने महामन्त्री बुर्लाकोटीले बताए ।

त्यस्तै, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी लगायतका विषयमा पनि छलफल हुने बताए ।

त्यस्तै, जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने लगायतबारे छलफल तय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?